Logo

१४ मंसिर २०८०, बिहीबार

फिल्म ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक (भिडियो)


नौलो न्युज


फिल्म ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ ।जयन जे वाइवाको शब्द रचना, सङ्गीत तथा स्वर रहेको ‘बिरामी मुलुक’ बोलको गीत सार्वजनिक गरिएको छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको फिल्मलाई ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतले करिब ६ वर्षपछि निर्देशनमा कमब्याकगरेका हुन्  ।

रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डक्टर रहेको फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह लगायतको अभिनय छ ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार ०८:३८

प्रतिक्रिया दिनुहोस्