Logo

३१ जेष्ठ २०८१, बिहीबार

एमालेले पार्टी र नेताका नाममा ‘फेक आइडी’ चलाउनेलाई कारबाही गर्ने


नौलो न्युज


काठमाण्डाै – नेकपा (एमाले) ले आफ्नाे पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली आइडी बनाएर सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नेलाई कारबाहीकाे दायरमा ल्याउने जनाएकाे छ ।

एमालेले आम नागरिक र पार्टीपङ्क्तिभित्रै अफवाह फैलाइएको पाइएको भन्दै सामाजिक सञ्जालमा बनेका नक्कली आईडीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले हिजाे विज्ञप्ति जारी गरी सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेकाले यसले पार्टीपङ्क्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको बताउनु भएकाे हाे ।

‘सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक अकाउन्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ’, उहाँले भन्नुभएको छ ।

‘पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै अकाउन्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरिन्छ । अन्यथा यस्ता फेक अकाउन्ट सञ्चालकका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ ‘विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार ०८:४०

प्रतिक्रिया दिनुहोस्