Logo

१४ मंसिर २०८०, बिहीबार

मुगुको गमगढी बजारमा आगलागी, क्षतिकाे विवरण आउन बाँकी


नौलो न्युज


काठमाण्डाै – मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी भएकाे छ ।

कालिका मालिका मन्दिरदेखि उत्तरतिरको बजार क्षेत्रमा गएरातिदेखि शुरु भएको आगलागीले केही घर, पसल, गोदाम जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभएकाे छ ।

यस क्षेत्रमा रहेका ६ वटा घर आगलागीले पूर्ण रुपमा जलिसकेका र आसपासमा रहेका अन्यघरमा पनि क्षति पुगेकाे थापाले बताउनुभयाे । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरप्रहरी र स्थानीयले आगाे निभाएका छन्  ।

आगलागीबाट भएकाे क्षतिकाे विवरण आउन बाँकी रहेकाे छ । २०७८ साल कार्तिक २९ गते  पनि गमगढी बजारमा भएकाे आगलागीबाट ठूलाे क्षति भएकाे थियाे ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार ०७:३७

प्रतिक्रिया दिनुहोस्