Logo

१४ मंसिर २०८०, बिहीबार

काठमाण्डाैकाे सतुङ्गलमा चप्पल कारखानामा आगलागी


नौलो न्युज


काठमाण्डाै – काठमाण्डाैको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेकाे चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

गए राति विद्युत् सर्ट भइ आगालागी हुँदा कारखानामा रहेकाे मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएकाे हाे ।

आगलागीबाट झन्डै ९३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, गए राति नै काठमाण्डाै महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा आगलागी भएकाे छ ।  खाना पकाउने क्रममा अचानक ग्यास लिक भइ आगलागी हुँदा झन्डै १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार ०८:३६

प्रतिक्रिया दिनुहोस्