Logo

२२ फाल्गुन २०८०, मंगलवार

नेदरल्यान्ड्ससँग पराजित हुँदै बङ्लादेश विश्व कपबाट बाहिरियो


नौलो न्युज


काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेटमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै बङ्लादेश विश्व कप क्रिकेट २०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ ।

नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बङ्लादेश ४२ ओभर दुई बलमा एक सय ४२ रन बनाएर अलआउट भयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । नेदरल्यान्ड्सको जारी विश्व कपमा दोस्रो जित हो ।

जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको बङ्लादेश नवौँ स्थानमा पुगेको छ । जम्मा २ अङ्क रहेको बङ्लादेश अब बाँकी ३ खेल जित्दा पनि सेमिफाइनलमा पुग्ने छैन ।

यस्तै, विश्व कप क्रिकेट अन्तर्गत हिजो भएको पहिलो खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले पराजित गरेको छ । अस्ट्रेलियाले दिएको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायो ।

जितसँगै अस्ट्रेलियाले ६ खेलमा ८ अङ्क जोडेको छ । अस्ट्रेलिया तालिकाको चौथो स्थानमा छ । न्युजिल्यान्ड चार नै खेलमा ८ अङ्कसहित नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।


प्रकाशित मिति: १२ कार्तिक २०८०, आईतवार ०७:३९

प्रतिक्रिया दिनुहोस्