Logo

२२ फाल्गुन २०८०, मंगलवार

टि–ट्वेन्टी विश्वकप छनौट क्रिकेटमा आज नेपाल र मलेसिया भिड्दै


नौलो न्युज


काठमाडौं – आईसीसी टि–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट खेलमा आज नेपालले मलेसियाको सामना गर्नेछ ।

खेल दिउसो एक बजे त्रिवि क्रिकेट मैदान किर्तीपूरमा हुनेछ । आजका अन्य खेलहरुमा ओमान र सिंगापुर, बहराइन र हङकङ तथा कुवेत र युएई भिड्नेछन् ।

हिजोको खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपाल आज लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।

हिजोको जितसँगै नेपालले समुहमा अग्रता लिएको छ । समुह ‘ए’ मा नेपाल र ओमानको दुई दुई अंक छ भने मलेसिया र सिंगापुर अंकविहीन छन् ।

विश्वकप छनौटको समुह ‘बि’ मा हङकङ र युएईले आफ्नो पहिलो खेल जितेका छन् । पहिलो दिनको खेलमा हङकङले कुवेतलाई १६ रनले हराउँदा युएईले बहराइनमाथि ५ विकेटको जित निकाल्यो ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार ०९:०३

प्रतिक्रिया दिनुहोस्