काठमाडौँ– शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने ‘तेल भिसा’ फिल्ममा सबै कलाकारको टुङ्गो लागेको छ ।विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहेको फिल्मको टिमअप बलियो बन्दै फिल्मकोरिलिज मितिसमेत घोषणा गरिएको हो ।
विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाई फिल्मका निर्माता हुन् ।फिल्म नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८ गते एकसाथ रिलिज हुनेछ ।सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माण रहेको फिल्म चैतको दोश्रो साताबाट फ्लोरमा जानेछ ।
प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार १२:३१