Logo

२२ फाल्गुन २०८०, मंगलवार

समस्या समाधानपछि खुल्यो सेयर कारोबार


नौलो न्युज


काठमाडौं- प्राविधिक समस्या हलपछि ढिलोगरी सेयर कारोबार सुरु भएको छ ।

बुधबार विद्युत आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार नै हुन सकेन भने नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध हुन पुग्यो ।

साढे ११ बजेपछि नियमित रुपमा सेयर कारोबार सुरु भएको छ । प्राविधिक समस्या समाधानपछि कारोबार भइरहेको नेप्सेले जनाएको छ ।

‘निर्माण कार्यका क्रममा बिजुली अवरुद्ध हुन जाँदा सिस्टममा पावर नपुगेपछि कारोबार अवरुद्ध भएको थियो’ नेप्से स्रोतले भन्यो ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार १३:०४

प्रतिक्रिया दिनुहोस्