Logo

२२ फाल्गुन २०८०, मंगलवार

सरकारी वेबसाइट अवरुद्ध, भएको के हो ?


नौलो न्युज


काठमाडौँ – सोमबार सबैजसो सरकारी कार्यालयका वेबसाइट डाउन भएका छन् ।

‘साइबल हमला’का कारण बिहानैदेखि सरकारी वेबसाइट डाउन भएको हो । गुगलमार्फत क्रोम र फायरफक्स लगायतबाट सरकारी वेबसाइट सर्च गर्दा ‘दिस साइट क्यान नट वि रिच’ वा ४०४ पृष्ठ फेला परेन लगायतका सन्देश देखिएको छ ।

आज बिहानैदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय लगायत सिंहदरबारमा रहेका सबै कार्यालयको वेबसाइट डाउन भएसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्राविधिकहरू समस्या सुल्झाउन खटिएका छन् ।

सिंहदरबार बाहिर रहेका अन्य सरकारी कार्यालय, विभाग लगायतको समेत वेबसाइट डाउन भएको छ ।  ह्याकरहरूले विदेशबाट ठुलो सङ्ख्यामा ट्राफिक पठाएर अवरोध गरेको बताइएको छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइट भने खुलिरहेको छ । यसबाहेक, अध्यागमन, अख्तियार लगायत सबैजसो सरकारी कार्यालयको वेबसाइट डाउन भएको छ । सरकारी वेबसाइट डाउन हुने प्रक्रिया नौलो भने होइन । यसअघि पनि पटक–पटक वेबसाइट डाउन हुँदा सेवाग्राहीले सास्ती बेहोर्ने गरेका थिए ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार १४:४०

प्रतिक्रिया दिनुहोस्