Logo

२२ फाल्गुन २०८०, मंगलवार

फिल्म ‘हात्तीछाप’ मा दिपक राज गिरिको सप्राइज इन्ट्री


नौलो न्युज


फिल्म ‘हात्तीछाप’ को प्रिमियर गरिएको छ । सकारात्मक प्रतिक्रिया बटुल्दै फिल्मलाई प्रिमियरमा रुचाइएको छ ।

सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा राजा यानिकी दिपक राज गिरि पनि देखिएका छ्न् । गिरिको इन्ट्री फिल्ममा सप्राईज रहेको छ । दिपकराज गिरिको टिम र सिमोस सुनुवार मिलेर फिल्म निर्माणको चर्चा केहि समय अगाडी चलेको थियो।

सायद यो सहकार्य ‘हात्तीछाप २ : बोतल राजा’ मा हुनेछ।सिमोस सुनुवार निर्देशित ‘हात्तीछाप’मा सौगात मल्ल ,दयाह्याङ राई ,  उपासना सिंह ठकुरी ,कमलमणि नेपाल, विल्सन विक्रम राई, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, सुष्मा निरौला आदिको पनि अभिनय छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मका  निर्माता पुष्कर गुरुङ र अमलादेवी राई हुन् ।फिल्म माघ २६ गतेबाट प्रदर्शनमा आउने छ ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार ०८:४१

प्रतिक्रिया दिनुहोस्