Logo

२२ फाल्गुन २०८०, मंगलवार

`गोर्खा वारियर´ को `जय जय गोर्खाली´ सार्वजनिक (भिडियो)


नौलो न्युज


फिल्म ‘गोर्खा वारियर’को गीत ‘जय जय गोर्खाली’ सार्वजनिक गरिएको छ । गीतमा राजेशपायल राईको स्वर तथा पूर्व आईजीपी शैलेन्द्र खनाल शदरको शब्द रचना र एलिस कार्कीको संगीत छ ।

मिलन चाम्सको निर्देशनमा निर्माण भएको फिल्म गोर्खा सैनिकले सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा देखाएको बहादुरीको कथामा आधारित रहेको छ ।

हिन्दी र अंग्रेजी भाषामा पनि तयार भएको फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा एक अमेरिकी कम्पनीले वितरण गर्ने जनाइएको छ । निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् ।

गोर्खा वारियरको कार्यकारी निर्माता प्रशान्त थापा र राजेन्द्र घिमिरे र सुरेश राई सह-निर्मातामा छन् । फिल्ममा  सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

आगामी फागुन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई लगायतको अभिनय छ ।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार १२:३७

प्रतिक्रिया दिनुहोस्