Logo

२२ फाल्गुन २०८०, मंगलवार

‘अगस्त्य’को गीतमा रोमान्टिक सौगात र मलिका (भिडियो)


नौलो न्युज


फिल्म ‘अगस्त्य’को पहिलो गीत सार्वजनिक गरिएको छ ।  ‘मायामा तिम्रै मायामा’ बोलको गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री मलिका महत फिचर्ड छन् ।एसडी योगी र विज्ञानी पराजुलीको स्वर, एसडी योगीको संगीत तथा मिक्सिङ मास्टरिङ रहेको गीतमा सविन एकतारेको शब्द तथा रिकेश गुरुङ संगीत निर्मातामा छन् । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता छन् ।

निर्देशक तथा लेखक सौरभ चौधरीको अगस्त्यको निर्देशन रहेको फिल्ममा  सौगात र मलिकासँगै नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी लगायतको पनि अभिनय छ । आगामी फागुन १८ गतेदेखि प्रदर्शन हुन लागेको फिल्मलाई सन्जय लामाले खिचेका हुन्।


प्रकाशित मिति: २८ माघ २०८०, आईतवार १५:०९

प्रतिक्रिया दिनुहोस्