काठमाण्डौ –थ्री स्टार क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अनुशासन समितिले गरेको कारबाहीको निर्णय बदर गर्न पाउँ भन्दै पुनरावेदन समितिमा अपिल गरेको छ ।
अनुशासन समितिको पुस १५ गते बसेको बैठकले थ्री स्टार क्लबका दुई विदेशी खेलाडी अजयी मार्टिन्स र पिटर सेगुनलाई श्रम स्वीकृती भए पनि विना भिसा खेलेको, खेलाएको भन्दै जरिबाना गर्ने निर्णय गरेको थियो ।
एन्फाले विधानको अधिनमा बनेको शहीद स्मारक ए डिभिजन लिग फुटबलको नियमावली समेतको व्यवस्थाका आधारमा मार्टिन्स र सेगुनले आफ्नो दायित्व पूरा नगरेको भन्दै जनही ५० हजार रुपैयाँ जरिबाना गराउने कारबाही भएको थियो ।
थ्री स्टार क्लबले श्रम स्वीकृति बहाल रहँदै गर्दा पनि श्रम स्वीकृति नलिएको भन्दै खेलाडी र क्लबलाई जरिबाना गर्ने निर्णय त्रुटिपूर्ण रहेको जनाएको छ ।
प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार १३:२८