Logo

११ बैशाख २०८१, मंगलवार

सेती नदीको बाँध खोल्ने तयारी केही समयलाई रोकियो


नौलो न्युज


काठमाण्डौ – पोखराको सेती नदीको बाँध आज बिहान ८ बजे खोल्ने भनिएकोमा केही समयलाई रोकिएको छ । सेती नदी किनारको गैरीघाटमा एउटा शव भेटिएकाले त्यसको पहिचान भएपछि मात्र बाँध खोल्ने या नखोल्नेबारे निर्णय हुने कास्की प्रहरीले जनाएको छ ।

माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न सेती नदीको बाँध खोल्न लागिएको थियो । चार दिनअघि सेती नदीमा माछा मार्ने क्रममा पोखरा १ सिम्पानीका मानबहादुर लामा तामाङ बेपत्ता हुनुहुन्छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको हो । बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन कास्की प्रहरीले यसअघि नै आग्रह गरिसकेको छ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार १०:३०

प्रतिक्रिया दिनुहोस्