Logo

३० माघ २०८१, बुधबार

पहाडी भेगको मौसम आंशिक बदली, पर्सि केही ठाउँमा पानी पर्ने सम्भावना


नौलो न्युज


काठमाण्डौ – देशका पहाडी भेगको मौसम आज आंशिक बदली रहेको छ । काठमाण्डौ उपत्यका लगायत देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भइ अन्य भूभागमा भने मौसम सफा रहने मौसमविद् गोविन्द झाले बताउनुभयो ।

त्यस्तै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । तराई तथा मधेशमा भने अहिले हुस्सु लागिरहेको भए पनि दिउँसो मौसम सफा रहने महाशाखाले जनाएको छ ।

मौसमविद् झाका अनुसार भोलि बेलुका पश्चिमी न्यून चापीय प्रणाली भित्रिन लागेकोले गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूपश्चिमका केही ठाउँमा पर्सि शनिवार हल्का वर्षाको सम्भावना रहेको छ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार १०:३२

प्रतिक्रिया दिनुहोस्