Logo

५ जेष्ठ २०८२, आईतवार

ललितपुरको सातदोबाटो–बालकुमारी सडक आजदेखि ६ दिनसम्म रातको समयमा बन्द हुने


Shova jour


काठमाण्डौ – ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड आजदेखि ६ दिनसम्म रातको समयमा बन्द हुने भएको छ ।

ग्वार्को फ्लाइओभर निर्माणका लागि आजदेखि आउँदो मङ्गलवारसम्म रातमा सडक बन्द गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ ।

२०७८ माघमा सडक विभागले दुई वर्षमा काम सक्ने गरी आरसी समानान्तर जेभीसँग निर्माणको सम्झौता गरेको थियो । तर काममा ढिलाई भैरहेको छ । ग्वार्कोमा फ्लाईओभर निर्माणमा भइरहेको ढिलासुस्तीलाई लिएर केही दिनअघि स्थानीयवासीले निर्माण कम्पनीको ध्यानाकर्षणसमेत गराएका थिए ।

उनीहरूले आउँदो जेठ मसान्तसम्म काम सक्न ध्यानाकर्षण गराएका छन् । डिजाइन नै गलत भएको भन्दै गएको असारमा रोकिएको काम नयाँ डिजाइन तयार गरेर मङ्सिरदेखि फेरि शुरु भएको थियो ।


प्रकाशित मिति: ६ बैशाख २०८१, बिहीबार १०:३६

प्रतिक्रिया दिनुहोस्