Logo

९ जेष्ठ २०८१, बुधबार

आज कोशी, बाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी पर्ने


Shova jour


काठमाण्डौ – आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिमसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसोपख देशका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार ०९:२०

प्रतिक्रिया दिनुहोस्