Logo

९ जेष्ठ २०८१, बुधबार

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज : नेपालले यूएईसँग खेल्दै


Shova jour


काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल ओमानको अल अमिरातमा बिहान पौने १२ बजे शुरु हुनेछ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् । नेपाल साविकको विजेता टोली पनि हो ।

यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोली फाइनलमा पुग्नेछन् ।

तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।


प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार ०९:२८

प्रतिक्रिया दिनुहोस्