गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘ज्यानमाया’ बोलको गीतमा दिपक शर्माको संगीत र नवराज ढुंगानाको शब्द रहेको छ।
गीतको भिडियोमा प्रियंका कार्की, कविता नेपाली र सरोज ओली फिचर रहेका छन्। पावरफुल भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका छन्। पवन सुस्लिङ्गले भिडियोको छायाँकन र सम्पादन गरेका छन्।
सुरेन्द्र बसेल सहायक निर्देशक रहेको भिडियो आर टि इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
प्रकाशित मिति: १७ असार २०८१, आईतवार १०:११