Logo

३२ असार २०८१, सोमबार

पुनः रिलिज हुँदै ‘बुलाकी’


Shova jour


काठमाडौं । चलचित्र ‘बुलाकी’ पुनः रिलिज हुने भएको छ । चलचित्र साउन ३२ गतेबाट पुनः प्रदर्शनमा आउने भएको छ ।

लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्र लेखक राजबहादुर साने हुन् । टोपेन्द्र विष्ट निर्माता रहेको चलचित्र रि–रिलिज हुन लागेको हो ।

चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, बिराज बिष्ट मुख्य भूमिकामा छन् । रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटाको पनि अभिनय छ ।

राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद छ ।

‘बुलाकी’ पश्चिम कर्णालीको विषयमा बनेको सिनेमा हो । त्यहाँका मान्छेले बाँच्नका लागि गर्ने दुःख, बोल्न र लगाउनका लागि गर्ने दुःखलाई सिनेमाको कथाले समेटेको छ ।

‘बुलाकी’ गत वर्षको वैशाख १ गते ‘जारी’ र ‘विहेपास’सँग रिलिज भएको थियो । यो चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड समेत जितिसकेको छ ।


प्रकाशित मिति: १९ असार २०८१, मंगलवार ०८:०४

प्रतिक्रिया दिनुहोस्