Logo

३२ असार २०८१, सोमबार

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसालको दाबी कायमै


Shova jour


काठमाण्डौ – एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया आजदेखि शुरु हुँदैछ ।

काठमाण्डौको प्रज्ञा भवन कमलादीमा चलिरहेको महाधिवेशनमा आजदेखि चुनावी प्रक्रिया अघि बढ्न लागेको हो । महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको छ ।

अध्यक्षका लागि अहिलेका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालको दाबी कायमै छ । सहमतिको प्रयास भइरहे पनि नेताहरूले दाबी छोडेका छैनन् । महाधिवेशनबाट २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।


प्रकाशित मिति: २१ असार २०८१, बिहीबार ०९:४५

प्रतिक्रिया दिनुहोस्