Logo

३२ असार २०८१, सोमबार

एमाले संसदीय दलको बैठक बस्दै


Shova jour


काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा कांग्रेससँगको सत्ता समीकरणको सहमतिबारे सांसदहरुलाई औपचारिक रुपमा जानकारी गराइने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

गत सोमबार राति कांग्रेससँग सत्ता समीकरणको सहमतिसँगै एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिसकेको छ । यस्तै, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

कांग्रेस र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने, संविधान संशोधन लगायतका विभिन्न बुँदामा सहमति भएको छ ।


प्रकाशित मिति: २४ असार २०८१, आईतवार ०९:१४

प्रतिक्रिया दिनुहोस्