Logo

३२ असार २०८१, सोमबार

जिल्ला प्रहरी परिसर काठमाण्डाैकाे सेवा अब भद्रकालीबाट


Shova jour


काठमाण्डाै – जिल्ला प्रहरी परिसर काठमाण्डौले काठमाण्डौ महानगरपालिका–११ भद्रकालीमा रहेको आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान शुरु गरेको छ ।

यसअघि काठमाण्डौ महानगरपालिका–१२ टेकुमा रहेको नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले हिजोदेखि भद्रकालीमा आफ्नै नयाँ भवनबाट सेवा प्रदान शुरु गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले वसन्तपुरमा रहेको हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि टेकुमार्फत सेवा प्रदान गर्दै आएको थियो ।

८० करोड रुपैयाँको लगानीमा भद्रकालीमा बनेको भवन आठ तलाको छ ।


प्रकाशित मिति: २५ असार २०८१, सोमबार ०९:५१

प्रतिक्रिया दिनुहोस्