Logo

५ जेष्ठ २०८२, आईतवार

‘माइली’मा गायिका कमला घिमिरे र अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित


Shova jour


रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘माइली’मा गायिका कमला घिमिरे र अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित भएका छन् ।

बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रबाट गायिका कमलाले फिल्मी अभिनयमा ‘डेब्यू’ गर्न लागेकी हुन् ।

चलचित्र युनिटले कमलाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा कमलालाई मन्द मुस्कानमा देखाइएको छ ।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको चलचित्रमा महिलाको पीडा देखाइने बताए ।

असारको अन्तिमबाट छायांकन गरिने चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा खिचिनेछ । चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाईँको संगीत रहनेछ ।


प्रकाशित मिति: २५ असार २०८१, सोमबार ०९:५९

प्रतिक्रिया दिनुहोस्