Logo

६ माघ २०८१, आईतवार

‘ह्रस्व दीर्घ’को पोस्टरको केन्द्रमा हरिहर


Shova jour


काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङम्यानको रूपमा प्रस्तुत गरिएको छ ।

असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका छन् ।

सार्वजनिक पोस्टरमा हरिहरसँगै कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार फिचर्ड छन् । केही दिनमा सिनेमाको टिजर सार्वजनिक गर्ने तयारीमा निर्माणपक्ष छ ।

नीता फिल्मसको  प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।


प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार ०७:२०

प्रतिक्रिया दिनुहोस्