काठमाडौँ – अमेरिकाको टेक्सासमा लुटेरा समूहले नेपालीको हत्या गरेका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्सासको वेको सिटी नजिक हाइवे आई ३५ मा रहेको ग्यास स्टेसनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो। उनी रुकुम पश्चिमका हुन्।
स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको हो। हत्यामा तीन जना लुटेराको समूह संलग्नता थियो।
अधिकारीहरूका अनुसार घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ। अहिले घटनाको अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार ०७:३३