काठमाण्डौ – सुनको भाउ आज पनि बढेको छ । सुनकाे भाउ एक हजार ६ सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ४७ हजार आठ सय रुपैयाँ कायम भएकाे थियो ।
आज चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी २० रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: १७ श्रावण २०८१, बिहीबार १४:४१