Logo

२१ मंसिर २०८१, शुक्रबार

नवलपरासी पश्चिममा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु


Shova jour


काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ बरुवा चोकमा ट्रकको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

गएराति ९ः५० बजे लु २ ख ८९३ नम्बरको ट्रकको ठक्करबाट साइकलमा सवार स्थानीय ६५ वर्षीय रामजी नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहराका अनुसार ट्रकले ठक्कर दिएका नेपालीलाई शहीद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाइएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार ०८:२८

प्रतिक्रिया दिनुहोस्