Logo

२१ मंसिर २०८१, शुक्रबार

पश्चिमी वायुको सामान्य प्रभाव : कोशी र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षा


Shova jour


काठमाण्डौ – आज कोशी र गण्डकी प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । देशका धेरैजसो ठाउँमा पश्चिमी वायुको सामान्य प्रभाव छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली र बाँकी भागमा सफा छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पहाडी एक/दुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

हल्का वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रकाशित मिति: ९ मंसिर २०८१, आईतवार ०८:२५

प्रतिक्रिया दिनुहोस्