Logo

२१ मंसिर २०८१, शुक्रबार

भारतको महाराष्ट्रमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनलाई अत्यधिक बहुमत


Shova jour


काठमाण्डौ – भारतको महाराष्ट्र राज्यको विधानसभा चुनवामा सत्तारुढ गठबन्धन अत्यधिक बहुमतले विजयी भएको छ । दुई सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजापा) सहितको गठबन्धन महायुक्तीले दुई सय ३३ सीट जितेको छ ।

भाजापा मुख्यमन्त्री एकनाथ सिन्देको शिवसेना र अजित पवारको एनसीपीसहितको महायुती गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा गरेको हो । विपक्षी गठबन्धन महा विकास अघाडी (एमभीए) ले ४१ सिट जितेको छ । एमभीएमा कंग्रेससँगै उद्धव ठाकरेको शिवसेना, शरद पवारको एनसीपी (एसपी) लगायत सहभागी छन् । छ सिटमा अन्य दलहरू विजयी भएका छन् ।

महाराष्ट्रका सबै दुई सय ८८ विधानसभा सिटका लागि बुधवार मतदान भएको थियो । भारतमा पछिल्लो समय बढ्दै गएको विभाजनको राजनीतिले महाराष्ट्रको चुनावी परिणाम पनि प्रभावित हुने अनुमान् विपरीत सत्तारुढ गठबन्धनले सहज जीत प्राप्त गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

यस्तै झारखण्डमा कांग्रेससमेत रहेको झारखण्ड मुक्ति मोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गरेको छ । ८१ सदस्यीय विधानसभामा जेएमएमले ५६ सीट जितेको छ । भाजपाले २४ सीट जितेको छ ।

झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चाले एक सिट जितेको छ । झारखण्ड विधानसभा चुनाव दुई चरणमा सम्पन्न भएको हो । महाराष्ट्र र झारखण्डसँगै विभिन्न राज्यमा दुई लोकसभा र ४६ विधानसभा सिटका लागि उपचुनाव भएको हो ।


प्रकाशित मिति: ९ मंसिर २०८१, आईतवार ०८:२६

प्रतिक्रिया दिनुहोस्