काठमाण्डौ – नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिश भएको छ । बोर्ड अध्यक्ष सिफारिश समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनारायण श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिश गरेको हो । सिफारिश समितिबाट सिफारिश भएका तीनै जनाको नाम मन्त्रिपरिषद बैठकमा सिफारिश हुनेछ ।
सरकारले सिफारिश तीन जनामध्येबाट एकजनालाई नियुक्त गर्नेछ । योसँगै झण्डै ११ महिनापछि बोर्डले नेतृत्व पाउने भएको छ । धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नहुँदा लामो समयदेखि सार्वजनिक निष्कासन (आईपीओ) का स्वीकृति प्रक्रिया रोकिएका छन् ।
प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार ०८:४१