Logo

२२ फाल्गुन २०८०, मंगलवार

फेसन ट्रेन्डमा ‘ढाका सारी’


Shova jour


काठमाण्डौं, चैत ६ – सारी हाम्रो मौलिकता झल्काउने पहिरन हो । सारीलाई सभ्य पहिरनका रूपमा पनि लिइन्छ । सारी लगाएपछि धेरै स्मार्ट देखिन्छन् । विगतमा विवाहित महिलाले मात्र सारी लगाउने चलन भए पनि पछिल्लो समयमा अविवाहित महिलाले पनि ढाकाको सारीप्रति निकै रुचि राख्ने गर्छन् ।

शिल्पा कार्की, फेसन डिजाइनर

पछिल्लो समयमा अन्य सारीको भन्दा ढाकाको सारीको माग बढेको फेसन डिजाइनर शिल्पा कार्की बताउँछिन् ।

ढाकाकोे सारी जुनसुकै उमेरका महिलाले प्रयोग गर्न सक्छन् । ढाकाले स्मार्ट देखाउँछ । अरू सिफन, कटन, सुतीलगायतका सारीभन्दा ढाकाबाट बनेका सारीले आफ्नो मौलिकता झल्काउँछ ।

ढाकाको सारीलाई औपचारिक कार्यक्रम, कलेजमा हुने कन्भोकेसन, तिज र अन्य चाडपर्वको समयमा पनि प्रयोग गर्ने गरेको पाइन्छ । विदेश पढ्न जाने युवतीहरूले ढाकाको सारी लिएर जाने गर्दछन्

ढाकाको सारीलाई रोजाइअनुसार डिजाइन गर्न सकिन्छ । अरूभन्दा फरक देखाउनुका साथै मौलिकता झल्काउन पनि ढाकाको सारी प्रयोग गरिन्छ । बजारमा फरक–फरक डिजाइनका कपडा आइरहन्छन् ।

ढाकाको सारी जुनसुकै कार्यक्रममा जाँदा पनि लगाउन सकिन्छ । सारीको विकल्पमा बिहे पार्टी र विभिन्न औपचारिक कार्यक्रममा अन्य ड्रेस पनि बजारमा आएका छन् ।

फेसनेबल पनि देखिने भएकाले सारीको माग बढ्दो छ ।

नयाँ पत्रिकाबाट


प्रकाशित मिति: ६ चैत्र २०७४, मंगलवार १२:१८

प्रतिक्रिया दिनुहोस्