Logo

८ चैत्र २०८१, शनिबार

मलेसियामा मृत्यु भएका र बिरामी नेपालीको खुल्यो पहिचान


नौलो न्युज


काठमाडौं, असोज ३ – मलेशियाको सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवनपछि बिरामी र मृत्यु हुने २२ जना नेपालीको पहिचान खुलेको छ ।

विषाक्त मदिरा सेवन गर्ने नेपालीमध्ये ६ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी अवस्थामा अस्पतालमा भेटिएका थिए ।

“विषाक्त मदिरा सेवनपछि बिरामी परी उपचारको लागि अस्पताल जानेक्रममा वा उपचाररत रहँदा हालसम्म मृत्यु हुनेहरुमध्ये ६ जना र अस्पताल भर्ना भएकाहरुमध्ये १६ जना नेपाली रहेको पुष्टि भएको छ ।

विषाक्त मदिरा सेवन गर्दा मृत्यु भएका नेपालीमा धादिङ बसेरी–३ का मिमबहादुर घले, रुपन्देही मसिना–६ का रामकुमार यादव, डडेल्धुरा अमरगढी–५ का विशाल बुढाथोकी, सुनसरी पश्चमकुसाहा–९ का संजय उराव, इलाम सिद्धिथुम्का–९ का बलबहादुर कुलुङ र ठेगाना खुल्न नसेकेका आइत सिंह गोले रहेका छन् ।

यस्तै, मदिरा सेवनपछि बिरामी भई अस्पताल भर्ना भएका नेपालीमा संखुवासभा सिद्धकाली–४ का लुंगनाथ मगर, सिन्धुली रानीचुरी–५ का जितबहादुर माझी, बर्दिया मैनापेखर–३ का प्रविन थारु, सुनसरी महेन्द्रनगर–६ का दुर्गाबहादुर राई, रोल्पा राङ्गसी–४ का भागीमान डागी, बारा रघुनाथपुर–६ का राधेश्याम बैठा, रुपन्देही फरेना–७ का रामचन्द्र लोध, गोरखा च्याङ्गली–२ का लोकबहादुर बराम छन् ।

सर्लाही ढुंग्रेखोला–८ का रिखा मान स्याङतान, सरु मगर (ठेगाना नखुलेको), नवलपरासी देउराली–८ का दुर्गा सिंह राना, सुकुवल घिसिङ, राजेश कुमार, बिमल कार्की, पाँचथर चोकामागु–६ का सेत बिर तुम्बाप्पो र मोरंग बाबियाबिर्ता–३ का जम्बिरलाल झाँगड पनि विशाष मदिरा सेवनपछि वरामभई अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारथमध्ये संखुवासभाका मगर र बर्दियाका थारु, सुनसरीका राई र रोल्पाका डागी डिस्चार्ज भएको दूतावासले जनाएको छ ।

मृत्यु हुने नेपालीहरुको विस्तृत पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ ।

मलेशियाको सेलांगोर राज्यका विभिन्न स्थानमा सोमबार विषाक्त मदिरा सेवन गर्दा नेपालीहरुको मृत्यु तथा बिरामी परेका हुन् ।


प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार ११:४७

प्रतिक्रिया दिनुहोस्