Logo

८ चैत्र २०८१, शनिबार

सौरभ हत्याकाण्डमा फेरि चुक्यो प्रहरी, आफन्तले लगाए प्रमाण नष्ट पारेको आरोप (भिडियो सहित)


नौलो न्युज


काठमाडौं, असोज ३ – मोरङको विराटनगरस्थित् नोबेल मेडिकल कलेजमा एम.बि.बि.एस. अध्ययनरत सौरभ उप्रेतीको साउन १६ गते आत्महत्या नभएर हत्या गरिएको बारे अझै उप्रेतीले न्याय पाएका छैनन् ।

मृतकका बुबा अजुर्न उप्रेतीले प्रेस विज्ञप्ती वाचन गर्दै छोराको हत्यामा संलग्न अपराधीलाई कानुन अनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाएका छन् ।

मृतक उप्रेतीकी आमा गोपिनी सापकोटाले बुढेसकालको एकमात्र छोराका हत्यारालाई सरकारले कारबाही नगरेको भन्दै आपत्ति प्रकट गरेकीएम बि.बि.एस.अध्ययनरत सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको आफन्तले दाबी, डाक्टर बन्दै गरेको छोरालाई नियोजित हत्या गरेपछि बुढेसकालको सहारा गुमाउँदा आमाको आशु अडिएको छैन ।

मृतक उप्रेतीकी आमा गोपिनी सापकोटाले बुढेसकालको एकमात्र छोराका हत्यारालाई सरकारले कारबाही नगरेको भन्दै आपत्ति प्रकट गरेकी छिन् ।

मृतक उप्रेतीकी बहिनी सोनु उप्रेतीले मुलुकमा न्यायको दियो निभ्न थालेको भन्दै सरकारलाई सचेत हुन आग्रह गरेकी छिन् । उनले भनिन्,‘मेरो भाईको हत्या नै भएको हो, उसले आत्महत्या गरेको होईन, रहस्यमय हत्यालाई प्रहरीले प्रमाणहरु नष्ट गरेर काल्पनिक रुपमा आत्महत्या गरेको भनेर भन्छ, प्रहरीले जाहेरी लिँदैन, हामीले यस सरकारबाट न्याय पाउँदैनौं भने हामी कहाँ जाने?’ भनेर सरकारलाई प्रश्न उठाएकि छिन् ।


प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार १३:३३

प्रतिक्रिया दिनुहोस्