काठमाडौं, असोज ३ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको बताएका छन् ।
उनले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुनिश्चित गरेको भन्दै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीको सन्देशमा नेपालको संविधान, नेपाली कानुनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको स्पष्ट पारिएको छ ।
प्रधानमन्त्री ओलीले संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित राष्ट्रमा रुपान्तरित गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार १३:४८