काठमाडौं, असोज ३ – डडेल्धुराको अमरगढी नगरपालिका–७ मा एक युवकको मृत फेला परेका छन् ।
मंगलबार अमरगढी नगरपालिका–७ पारामेडिकल कलेज पोखरानजिक रहेको खोलामा वडा नं. ६ का अन्दाजी २०/२१ वर्षीय इन्द्रबहादुर ताम्राकार मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
शव पोष्ट मार्टमका लागि डडेल्धुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार १३:५८