Logo

८ चैत्र २०८१, शनिबार

रेडियोमा प्रत्यक्ष प्रसारण गर्दागर्दै जन्मियो बच्चा


नौलो न्युज


Cassiday-Proctor-Delivery-live

काठमाडौं, असोज ३ – रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै प्रस्तोता सुत्केरी भएकि छिन् ।

अमेरीकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले सोमबार प्रत्यक्ष प्रसारणको एक कार्यक्रम चलाउँदै थिइन् । कार्यक्रम चलाउँदा चलाउँदै उनलाई प्रसव पीडा सुरु भयो । उनलाई तत्काल अस्पताल पुर्याइयो र अस्पतालभित्रैबाट पनि उनी सुत्केरी भएको प्रत्यक्षण प्रसारण गरियो ।

रेडियो स्टेशनले अस्पतालको शय्याबाट पनि पत्यक्ष प्रसारणको व्यस्था मिलाएको थियो ।

प्राक्टरले बच्चाको नाम जेमसन राखेकी छन् । यो नाम पनि स्रोताहरुबाटै सुझाव लिएर राखिएको हो । बच्चाको नाम के राख्ने भनेर रेडियोमा भोटिङ गरिएको थियो । सबैभन्दा धेरै स्रोताहरुले रोजेको आधारमा बच्चाको नाम ‘जेमसन’ राखियो ।

रेडियो स्टेशनका कार्यक्रम निर्देशक स्कट राडीले स्थानीय मिडियासँग भनेका छन्, ‘दम्पतीले छानेका १२ नामलाई हामीलाई भोटिङमा लग्यौं ।

जेमसनको जन्म हुँदासम्म भोटिङ चलिरहेको थियो । प्राक्टर अहिले रेडियो कार्यक्रमबाट टाढा भएकी छिन् । किनकी उनी केही दिनका लागि सुत्केरी विदामा छिन् ।


प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार १४:१८

प्रतिक्रिया दिनुहोस्