काठमाडौं, असोज ३ – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी छेन्दु पुगेका छन् ।
उनी सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार करिब पौने चार बजे छेन्दु पुगेका हुन् ।उपराष्ट्रपतिलाई छेन्दु अन्तर्राष्ट्रिय विमान स्थलमा सिचुवान प्रान्त जनसरकारका उप सचिव यान वि पिङले स्वागत गरेका थिए ।
उपराष्ट्रपति छेन्दुमा बिहिबारबाट सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर चीन पुगेका हुन् ।
उनले बिहीबार विहान ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र अपरान्ह बेल्ट एण्ड रोड सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई संबोधन गर्नेछन् ।
प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार १७:५२