Logo

११ बैशाख २०८२, बिहीबार

अख्तियारका प्रमुख आयुक्त घिमिरेको सुनुवाई आज


नौलो न्युज


काठमाडौं, असोज ४ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको सुनुवाई बिहिबार हुने भएको छ ।

संसदीय सुनुवाई समितिको बिहिबार दिउँसो १ बजे बस्ने बैठकले  घिमिरेको सुनुवाई गर्ने भएको हो । संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो । सुनुवाई विशेष समितिले नाम अनुमोदन गरे अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई राष्ट्रपतिले नियुक्ती गर्ने संवैधानिक व्यवस्था छ ।

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारीमा छन् ।

 


प्रकाशित मिति: ४ आश्विन २०७५, बिहीबार १०:५०

प्रतिक्रिया दिनुहोस्