काठमाडौं, असोज ४ – सप्तरीको कन्चनरुप नगरपालिकामा देखिएको ‘स्वाइन फ्लु’को प्रकोप नियन्त्रणमा आउन थालेको छ ।
नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरी उच्च सतर्कताका साथै स्वास्थ्यकर्मी परिचालन गरिएका कारण रोगको संक्रमण विस्तारै नियन्त्रणमा आएको स्वास्थ्य संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए ।
नगरपालिकामा हालसम्म करिब तीन हजार बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा अधिकांशमा भाइरल ज्वरो, रुघाखोकीको समस्या देखिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सञ्जीवकुमार झाले बताए । १० दिनयता कन्चनरुप नगरपालिकामामात्रै स्वाइन फ्लुको संक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ । केहीको उपचार भइरहेको छ ।
भारतको झारखन्डस्थित बाबाधाम गएर फर्किएका तीर्थालुबाट भित्रिएको स्वाइन फ्लु नियन्त्रणमा आउनै लागे पनि त्यहाँ जानेक्रम नरोकिँदा सतर्कता भने आवश्यक पर्ने चिकित्सकहरु बताउँछन् ।
प्रकाशित मिति: ४ आश्विन २०७५, बिहीबार १३:३१