Logo

११ बैशाख २०८२, बिहीबार

बिर्ता देउरालीमा पुरुष मृत फेला


नौलो न्युज


काठमाडौं, असोज ४ – काभ्रेपलाञ्चोक, बिर्ता देउरालीको भम्से खोला शिरमा सडेको अवस्थामा शव फेला पारेको छ ।

बुधवार बेलुका स्थानीयवासीले भम्से खोला शिरमा रहेको खोल्साको बाँसघारीमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । शव सोही ठाउँका ७३ वर्षीय इन्द्रबहादुर तामाङको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

मृतककी श्रीमती सोमरानी तामाङका अनुसार इन्द्रबहादुरको दुई वर्षअघिदेखि मानसिक सन्तुलन ठीक नभएको बताईन् । गत भदौ १६ मा घरबाट हिँडेका इन्द्रबहादुर बुधबार मृत फेला परेको जनाइएको छ ।


प्रकाशित मिति: ४ आश्विन २०७५, बिहीबार १४:०२

प्रतिक्रिया दिनुहोस्