Logo

११ बैशाख २०८२, बिहीबार

अाज तेस्राे दिन आन्दोलन: पूर्वी नेपाल तथा देशभर सार्वजनिक यातायात ठप्प


नौलो न्युज


काठमाडौं, असोज ४ – नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण अाज तेस्राे दिन पूर्वी नेपाल तथा देशभर सार्वजनिक यातायात ठप्प रहेकाे छ ।

पूर्वका झापा, माेरङ, सुनसरी लगायत पूर्वी पहाडी जिल्लाहरूमा सार्वजनिक यातायात ठप्प रहनुका साथै हजाराै यात्रुहरू मार्कामा परेका छन् ।

सरकारद्वारा जारी गरिएकाे सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै हिजाे मंगलवारदेखि सार्वजनिक यातायात नचलाउने निर्णय गरेका हुन् । जारी गरिएकाे ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चालकले माग पूरा नभए सम्म यातायात नचलाउने घोषणा गरेका हुन् ।

ऐनमा सवारी चालकलाई अपराधी सरह बनाएको, जन्म कैदको फैसला गर्ने व्यवस्था प्रति असन्तुष्ट रहेको र याताायात ठप्प पार्नुकाे बिकल्प नभएकाे संयोजक शर्माले बताए ।


प्रकाशित मिति: ४ आश्विन २०७५, बिहीबार १४:०९

प्रतिक्रिया दिनुहोस्