Logo

१९ मंसिर २०८२, बिहीबार

भारतमा जबरजस्ती करणी गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय 


नौलो न्युज


काठमाडौं, असोज ४ – भारतको मध्यप्रदेशमा बालिका जबरजस्ती करणी गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ ।

चार वर्षकी बालिका जबरजस्ती करणी गर्ने शिक्षक महेन्द्रसिंह गोंडेलाई मध्य प्रदेशको सतना जिल्लाको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शिक्षक गोंडेले बालिकालाई अपहरणपछि जबरजस्ती करणी गरेको अदालतले पुष्टि गर्दै उनलाई मृत्युदण्डको फैसला सुनाएको खबरमा उल्लेख छ । जबरजस्ती करणी भएको ८१ दिन पछि अदालतले फैसला सुनाएको हो ।


प्रकाशित मिति: ४ आश्विन २०७५, बिहीबार १५:४६

प्रतिक्रिया दिनुहोस्