Logo

२२ फाल्गुन २०८०, मंगलवार

सन्दिप टी टेन क्रिकेटमा पनि अनुबन्ध, क्रीश गेल भएको टिमबाट खेल्ने


Shova jour


काठमाडौं, असोज ९ – नेपाली लेक स्पिनर सन्दीप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने मौका पाएका छन् । उले डिफेन्डिङ च्याम्पियन केरला किंग्सबाट खेल्ने मौका पाएका हुन् । नोभेम्बरमा यूएईको सारजाह क्रिकेट मैदानमा हुने टी टेन क्रिकेट प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ ।

सन्दीपको टिममा इयान मोर्गन कप्तान रहेका छन् भने क्रिस गेल, सोयव तनवीर, किरन पोलार्ड, पल स्टर्लिङ, दासुन संखा, जुनेद खान र टम कुरान पनि रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिइसकेको यस प्रतियोगिताको दोस्रो संकरण हो । पहिलो पटक ४ दिनमा सकिएको टी टेन क्रिकेट दोस्रो संस्करण सकिन १० दिन लाग्ने छ ।

गएको वर्ष भएको प्रतियोगितामा केरला किंग्सले उपाधि जितेको थियो भने त्यतिबेला जम्मा ६ टिमले सहभागिता जनाएका थिए । राउण्ड रोविन लिग प्रणाली र प्लेअफ गरी १३ खेलबाट उपाधिको छिनोफानो हुने छ ।


प्रकाशित मिति: ९ आश्विन २०७५, मंगलवार ०८:१०

प्रतिक्रिया दिनुहोस्