Logo

६ माघ २०८१, आईतवार

दुलही भित्र्याउने तयारीमा रहेका दुलाहा बलात्कार आरोपमा पक्राउ


नौलो न्युज


काठमाडौं, असोज १० – दोलखाको भिमेश्वरमा बलात्कार आरोपमा दुलाही भित्र्याउने तयारीमा रहेका दुलाहा नै पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शान्ति चौलागाईँ पक्राउ परेका हुन् । किशोरीले उजुरी गरेपछि दुलही भित्र्याउने तयारी गरिएको कार्यक्रममा नै पुगेर चौलागाईँलाई प्रहरीले पक्राउ गरेको थियो ।

एकमहिना अघि नै भगाएर ल्याएर भित्र्याउने तयारी गरिरहँदा प्रहरीले पक्राउ गरेको थियो । उजुरी गर्ने १६ वर्षीया किशोरीले कक्षा ७ मा पढ्दादेखि नै शान्तिले बिहे गर्ने आश्वासन दिँदै आएको बताएकी छन् ।


प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार १०:३८

प्रतिक्रिया दिनुहोस्