Logo

६ माघ २०८१, आईतवार

यू–१८ महिला टोलीको बिदाइ


नौलो न्युज


काठमाडौं, असोज १० – असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा आज आयोजित कार्यक्रममा नेपाली टोलीलाई एन्फा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष पङ्कजविक्रम नेम्बाङ, महिला कमिटीका अध्यक्ष वृन्दा देवान, तेक्वान्दोकी ओलम्पियन सङ्गीना वैद्यलगायतले बिदाइ गरे । बीस खेलाडीसहित २३ सदस्यीय नेपाली टोली आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नेछ ।

च्याम्पियनसिपमा नेपालसहित भारत, भुटान, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका छन् । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालले समूह चरणमा पाकिस्तान र बङ्लादेशसँग खेल्नेछन् ।

त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र भुटान छन् । नेपालले पहिलो खेल यही असोज १२ गते पाकिस्तानसँग र असोज १६ गते बङ्गलादेशसँग खेल्नेछ ।


प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार १७:५२

प्रतिक्रिया दिनुहोस्