Logo

२२ फाल्गुन २०८०, मंगलवार

मेसीको बार्सिलोना पुछारमा रहेको टिमसँग हार्‍यो, शीर्ष स्थानमा भने कायमै


Shova jour


बार्सिलोना, असोज ११ – स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता बार्सिलोनाले जारी सिजनमा पहिलो पटक पराजित भएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा लियोनल मेसी कप्तानीको बार्सिलोना पुछारको लेगानेशसँग २–१ ले पराजित भएको हो ।

सुरुमै अग्रता लिएर पनि बार्सिलोनाले हार टार्न सकेन । १२ औं मिनेटमा फिलिप कोन्टिन्होको गोलबाट अवे मैदानमा भएको खेलमा बार्सिलोनाले अग्रता लियो । पहिलो हाफमा पछि परेको लेगानेशले दोस्रो हाफमा दुई मिनेटमा दुई गोल गरेको हो । ५२ औं मिनेटमा नबिल एल जहरले लेगानेशका लागि बराबरी गोल फर्काए । त्यसको एक मिनेटपछि ओस्कार रोड्रिग्वेजले गोल गर्दै टिमलाई जितको नजिक लगे ।

बार्सिलोनाले त्यसपछि गोल गर्न सकेन र हार स्वीकार्न बाध्य भयो । बार्सिलोनालाई हराएको लेगानेशले यसअघिका पाँच खेलबाट मात्रै एक अंक जोडेको थियो । बार्सिलोनालाई हराएपछि ६ खेलबाट चार अंक जोडेको लेगानेश १७ औं स्थानमा उक्लिएको छ । १३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । एजेन्सी


प्रकाशित मिति: ११ आश्विन २०७५, बिहीबार ०७:२३

प्रतिक्रिया दिनुहोस्