काठमाडौं – बाल्यकालदेखि नै मेहेनती संगिता सिलवालले कम उमेरमा नै ठुलो प्रगति गरेकी छिन् । झट्ट हेर्दा नायिका जस्तो देखिए पनि उनी व्यापार व्यवसायमा परिचित छिन् । उनी अहिले रेम्सन नेपाल कन्ट्रीमेनेजर हुन् । कम उमेरमा पनि उनले धेरै काम गरी सकेकी छिन् ।
अहिले उनी नेपालमा रेम्सन नेपालको घरायसी सामाग्रीको आयात साथै बिक्री बितरण गर्दै आएकी छिन् । रेम्सन नेपालका घरायसी सामाग्रीले इन्डियामा राम्रो व्यापार गर्दै आएको छ । इन्डियामा धेरै नै परिचित भएको घरायसी सामाग्री नेपालमा भने भख्खरै मात्र सुरुवात भएको हो । उनै संगिता सिलवालसँग नौलोन्युजले गरेको कुराकानीको अंशः
तपाईले बाल्यकाल कसरी विताउनु भयो ?
मेरो बाल्यकाल एकदमै रमाईलोसँग वित्यो । बाल्यकालमा यादहरु अझै पनि मेरा मानस्पटलमा घुमीरहेका छन् । ती स्वर्गीय दिनहरु मेरा परिवार, मेरा सहृदय मित्रहरु जो अहिलेसम्म मेरा साथमा छन् । जुन समाजबाट म हुर्के, बढे, पढे र धेरै सुनौला ज्ञानहरु आर्जन पनि गरे । म सानो हुदाँ एकदमै चुलबुले टाइपको थिए । मैले त्यस्ता असंख्य शरारती कामहरु गरेकी थिए । कुनै कुनै कामहरु म अहिले पनि दोहो¥याउँछु । खास गरेर मेरो प्रारम्भिक बाल्यकाल मेरा हजुर बुवा, हजुर आमासँग नै वित्यो । जुन मेरो जीवनको सबै भन्दा गहन सम्झना रुपमा बसेको छ ।
तपाईको विद्यार्थी जीवन कसरी वित्यो ?
वास्तवमा भन्नुपर्दा विद्यार्थी जीवनमा म एकदमै स्वतन्त्र र अनियमित थिए । म सधै आफ्नै शासनमा चल्ने गथ्र्ये । जुन मेरा लागि एकदमै आनन्ददायी रह्यो । त्यो बिहानको रिस उठ्दो अलरामको आवाज । अनि ती लामो समयसम्मको आनन्ददायी छुट्टी कक्षामा अनुपस्थित सुरु भई आफ्ना प्रिय मित्रहरुलाई लुकी लुकी हेर्नुको मज्जा अहिले सम्झीरहेको छु । मेरो विद्यार्थी जीवनमा त्यस्तो पनि अवस्था थियो । जहाँ म नयाँ कुराहरुको ध्यान नदिइकन नै सिक्थे । जुन म अहिले पनि कहिलेकाही गर्दै आएकी छु । मसँग ती सम्पूर्ण अविष्मरनिय क्षेणहरु आजीवन पनि ताजै रहने छन् ।
तपाईको जीवनको परिवर्तन विन्दु केलाई मान्नुहुन्छ ?
म १३ वर्षकी मात्र थिए । कक्षा ८ मा पढ्दै थिए । मेरो बावुलाई हृदयघात जस्तो डर लाग्दो रोगले छायो । हाम्रो परिवारको लागि त्यो एकदमै भयानक आतंकित परिवेश आयो । तर त्यो समयमा पनि मैले आफ्नो दायित्व र भविष्यलाई नै ध्यान दिए । यही नै मेरो जीवनको पहिलो परिवर्तन बिन्दु हो । जसले आज मलाई यो ठाउँमा उभ्याएको छ ।
तपाईले आफ्नो सफलतालाई कसरी परिभाषित गर्नुहुन्छ ?
आत्मा सन्तुष्टिका साथ महत्वकांक्षी लक्ष्यलाई प्राप्त गर्ने ।
तपाईको मार्गदर्शन कसलाई माान्नु हुन्छ ?
गोविन्द केसी । जो आफ्नो जिन्दगीलाई धरापमा राखेर पनि समाजमा सकारात्मक क्रान्ति गरीरहनु भएको छ ।
तपाईले कसलाई आफ्नो प्रेरक ठान्नुहुन्छ ?
बिपि कोइराला ।
तपाईले बौद्धिकतालाई कसरी परिभाषित गर्नुहुन्छ ?
बुझ्नलाई सुन्नु तर जवाफ नदिनुलाई म बौद्धिकता भन्छु ।
व्यक्तिगत र व्यवसायिक क्षेत्रमा यहाँको भविष्यको योजनाहरु के के छन् ?
प्रश्चाताप बिना दुबै व्यक्तिगत र व्यवसायिक रुपमा जीवनमा सन्तोषजनक जिन्दगी जिउने ।
तपाईले आफ्नो जिन्दगीमा सबैभन्दा बढी विश्वास कसलाई गर्नुहुन्छ ?
व्यक्ति मध्ये सबैभन्दा बढि मेरो परिवार नै मेरो बिस्वासको पात्र हो । म हर कुरामा आफ्नो परिवारप्रति विस्वास गर्छु र रह्यो साथीको कुरा यसमा म मेरी आत्मिय साथी दिवा अधिकारीको धेरै नै विश्वास गर्छु ।
तपाईले आफूलाई एक वाक्यमा परिभाषित गर्नुपरेमा के भन्नुहुन्छ ?
अधैर्य ।
अहिलेको अवस्थामा उभिनु पर्दा पहिले पनि यस्तो अवस्थामा उभिनु भएको थियो होला तपाईको संघर्षका सुरुवाती कस्ता थिए ?
सामान्यतया मैले मान्छेको मन बुझ्नलाई र उनीहरुले गर्ने कामको तरिका बुझ्नलाई संघर्ष गरे । उनीहरु आफैमा के गर्ने र के गरिरहेको छु भन्ने कुराको अन्योलमा देखिन्थे ।
कुन दिन तपाई सबै भन्दा बढी रुनु भएको थियो ?
मेरो हजुर बुवाको अन्त्यष्टीमा ।
अन्यमा हाम्रा नेता साथै सफल हुन चाहने व्यक्तिहरुलाई के भन्न चाहनुहुन्छ ?
नेताहरुलाई हाम्रो अहिलेका अवस्था र स्थिति बुझी दुई तरिकाबाट काम सुरु गर्न आग्रह गर्न चाहन्छु ।
प्रकाशित मिति: ३ मंसिर २०७५, सोमबार १३:०६