Logo

१४ मंसिर २०८०, बिहीबार

कांग्रेसभित्र पुनर्जागरण अभियान आवश्यकः गगन थापा


नौलो न्युज


काठमाडौं – बुबा महेन्द्रकुमार थापा र आमा रामेश्वरी थापाको कोखबाट वि.सं २०३३ सालमा सोलुखुम्बुमा जन्मिएका गगन थापा नेपाली कांग्रेसका युवा नेता हुन् ।

थापा २०४६ सालबाट राजनीतिमा प्रवेश गरेका हुन् । उनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महामन्त्री हुँदै अहिले सांसद बनेका छन् । पछिल्लो समय उनले युवाहरुको नेतृत्व गर्दै राजनीतिमा सक्रिय छन् । नेपाली कांग्रेसले पछिल्लो समय पार्टी पुर्नजागरण अभियान सुरु गरेको छ । के हो त पुर्नजागरण ? किन आवश्यक छ ? यसैसन्दर्भमा नौलो न्युजले नेपाली कांग्रेसका युवा नेता गगन थापासंग गरेको कुराकानीको सम्पादित अंशः 

प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको कामलाई कसरी हेर्नुभएको छ ?

सर्वप्रथम संविधान सभा र व्यवस्थापिका संसदको जिम्मेवारी पाएको सदन भनेको सबैभन्दा सफल सदन हो । जुन संविधानसभाले मुलुकलाई नयाँ सविधान दियो र संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने निर्वाचन सम्पन्न गर्न सक्नु नै पहिलो उपलब्धि हो । यसको नेतृत्व नेपाली काँग्रेसले नै ग¥यो । यसरी हेर्दा नेपाली काँग्रेस आफू मुलुकको हितका लागि सफल भएको छ । जिम्मेवारी पनि पुरा ग¥यो । काँग्रेसले स्थापनाकालमा शुरु गरेको राजनीतिक विचार पुरा भएका छन् । यसरी राजनीतिक विचार पुरा हुँदा हुँदै पनि हामीले पछिल्लो निर्वाचनमा पछि पर्नुप¥यो ।

प्रतिनिधिसभा राष्ट्रियसभाको काम सन्तोषजनक देखिएको छैन । संविधान कार्यावन्यनको लागि आवश्यक पर्ने सबै कानू बनाउनुपर्ने र संशोधन एवं परिमार्जन गर्ने समयमा सदन चलेको नै छैन । आगामी तीन महिनामा ३ सय ३९ कानूनहरु संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ सरकारले पनि ध्यान दिएको छैन भने संसदले पनि तदारुकता देखाउन सकेको देखिँदैन ।

मुलुकको धेरै परिवर्तनहरु भएपनि मानिसमा परिवर्तनको प्रतिक्षा मोह बढेको देखिन्छ । परिवर्तनको विषयमा मानिसलाई अधैर्यता दिलाएको छ । यसले आम मानिसले नेतृत्वमा पनि परिवर्तन चाहेका थिए । तर सरकारको नेतृत्व नयाँ पाउँदा पनि कुनै काम नभएकोमा जनताको चिन्ता बढेको छ ।

पार्टी नेतृत्वले यस्तो वेलामा कस्तो भूमिका खेल्नुपर्छ ?

नेताहरुको पार्टीभित्र जुनखालको दादागिरी रह्यो । जनु हेपाई भयो । त्यो हेपेको चाँही पार्टीको मान्छेलाई हेपेको भयो । तर, हेपेको कुरा प्रकारान्तरले जनतालाई हेपेको भयो । चनावको वेला जनतालाई हेप्दा त्यसको मुल्य चुकाउनु पर्दैन ? दुई पार्टी मिलेर एक भएको छ, मधेमा पनि हामीलाई एक्ल्याइएको छ भन्ने विषयमा पार्टीको नेतृत्वमा बस्नेले सचेत भएर सोच्नुपर्ने वेला आएको छ । प्रमुख प्रतिपक्षको रुपमा हामीले जुन किसिमले सदनमा भुमिका खेलिरहेका छौं त्यसमा पार्टी नेतृत्वले एक भएर साथ दिनुपर्दछ ।

पार्टी पुर्नजागरण अभियान शुरु भएको छ । यो कस्तो अभियान हो ?

सबैभन्दा पहिलो कुरा त यो अभियानलाई नेतृत्वसंग मात्रै जोडेर साघुरो नबनाऔं । यसलाई हामीले अगाडी बढाउन खोचेको चाहि पार्टीभित्रको शद्धिकरण र आम मानिसमा काँग्रेसको नयाँ विचारधाराको विकास गर्ने विषय नै हो । २००३ सालमा पार्टी ध्येय भनेर विपी कोइरालाले जुन कुरा लेख्नुभयो । जसमा ‘यो पार्टी स्थापनाको एउटा मिसन छ त्यो मिसन भनेको जनउत्तरदायी शासन व्यवस्था कायम गर्ने, त्यसको आधारमा परिवर्तन गर्ने ।’ यो मुलुकमा संविधान निर्माण र संविधानबाट तय गरेको संरचनाहरु चुनवाबाट गठन गर्ने कुरा पुरा भएको छ । नेकपा प्रतिपर्धाको राजनीतिलाई स्वीकार गरेर आएको छ । एक जुट भएर आफूहरुले श्रेष्ठता हालिस गर्ने कुरामा नेपालका कम्युनिष्ट पार्टी आएको अवस्थाले काग्रेसको संस्थापनले जुन ध्येय र मिसनले पार्टी खोलेको हो त्यो अब पूरा भयो ।

अब काँग्रेसलाई नयाँ मिसन चाहियो । त्यो मिसन पहिचान गर्नुप¥यो परिभाषित गर्नुप¥यो । त्यो नयाँ मिसनलाई काँग्रेसका सबै मानिसले आफ्नो मिसन बनाउनुप¥यो । त्यसरी नेताहरुले आफ्नो मिसनलाई जनताको लगेर बुझाउनु सक्नुप¥यो । त्यो मिसन बुझाउन सक्यो भने जनताले फेरी हाम्रो मिसनमा साथ दिनेछन् । जनताले आफूले त्यो मिसन बुझ्न र हामीले बुझाउन सक्यौं भने बल्ला अर्को निर्वाचनमा त्यो मिसनको प्रतिफलका रुपमा जनताले हामीलाई भोट दिनेछन् । नत्र यत्तिकै कुनै उपब्धि हासिल हुँदैन । बरु हामी सकिँदै जानेछौं ।

त्यो कस्तो मिसन हो ?

जनतासम्म पुग्ने र जनतालाई बुझाउनु गरी तयार मिसन बनाउने हामीले भनिरहेका छौं । यो अभियानले नेतृत्वमात्रै हैन, त्यो मिसनलाई सबैले स्वीकार गर्नसक्ने र राजनीतिक स्थायीत्व भएको सन्दर्भमा पनि हामीले अबको मिसन भनेको सम्बृद्धिको मिसन हो भनेका छौं । त्यो सम्बृद्धि भनेको हाम्रो सन्दर्भमा आर्थिक विकाससंग जोडिने मात्रै हैन । संविधान त आयो, नयाँ व्यवस्था पनि आयो, तर यो व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सकिएन भने यसको कुनै सार्थकता छैन । यसलाई सार्थक बनाउँदै प्रप्त गर्ने भनेको नै सम्बृद्धि हो । त्यो भनेको सबैको सहभागिता हो । त्यो सम्बृद्धिमा अंश पनि सबैको हुने सहभागिता पनि सबैको हुने र योगदान पनि सबैले गर्नु पर्ने गरी त्यो सम्बृद्धिको मिसन हामीले चाहेका हौं ।

त्यो मिसनलाई पूरा गर्नका लागी काँग्रससंग कार्यक्रम के छ ? कसरी गर्छ ? भन्ने विषयमा हामी अहिलेको अभियानको रुपमा अभियान अघि बढाएका हौं । आगामी ५ वर्षपछिको निर्वाचनमा सातै प्रदेशसहित केन्द्रमा काग्रेसको नेतृत्वको सरकार बनाउने मिसनमा हामा्रे अभियान जारी । अहिलेसम्म पार्टीलाई यो अवस्थामा ल्याउने काममा पार्टि नेतृत्वको भूमिका महत्वपूर्ण नै छ । हामीले सबै नेताहरुको साथमा नयाँ मिसन बनाएर लैजानका लागि यो अभियान शुरु गरेका हौं । हाम्रो पुरानो मिसनको नेतृत्वमा विपी देश शेरवाहादुर देउवासम्मले नेतृत्व गरेर सफल बनाउनु भएको छ । अवको मिसन बनाउने देखि कार्यान्वयन गर्नेसम्म पनि उहाँहरुले नै नेतृत्व गर्छु भन्ने हुँदैन । अव त, नयाँ मिसनका साथ नयाँ नेतृत्व आउनुपर्छ भन्ने हो ।

मुलुकको सम्बृद्धि मिसनलाई सफल बनाउने अवको ५ वर्ष कसरी जानुहुन्छ ?

अहिलेको सरकारले गर्ने कामको विषयमा हामी सचेत र संयम भएर मुलुकको सम्बृद्धिको लागि सरकारले ल्याएको कार्यक्रमममा साथ दिएर अघि बढ्नेछौं । हामीले जुन विषय उठाउँदै आएको छौं त्यो मिसन पुरा गर्ने गरी हामी लाग्नुपर्दछ । हामी ५ वर्षका लागि सरकारमा पो छैनौं त ? हामी ठूलो शक्ति र जिम्मेवारीका साथ छौं । संविधानको सार्थकर्ता पुरा गर्ने गरी हाम्रो अभियान हुने छ । अवको ५ वर्षपछि चुनाव गर्ने सुनिश्चितताको विषयमा पनि हामीले भूमिका खेल्नुपर्ने हुन्छ । यो ५ वर्षको अवधि भनेको पहिलो पटक नयाँ व्यवस्थाको प्रयोग गरिँदैछ । यसलाई सफल बनाउने काममा सबै जुट्नुपर्ने हुन्छ । त्यसमा हामीले सकारात्मक सहयोगका लाग हाम्रो समृद्धि मिसनमा सकृय भएर लाग्ने सोच बनाएका छौं ।

देशलाई संविधानको ट्रयाकमा लौजाने काममा हामीले भूमिका खेल्नेछौं । कम्युनिष्ट सरकार बनेपछि निर्वाचन नै हुँदैन की भन्ने हामीले आशंका गरिरहेको विषयले ५ वर्षपछि निर्वाचनको सुनिश्चितता हुनु पनि हो । पहिलो कुरा त ५ वर्षको अवधिमा संविधान कार्यान्वयनको पूर्णता हुनु र मुलुकको विकासका ढोकाहरु खुला हुने वातावरण बनाउने गरी हामी अभियानमा जुट्ने छौं । त्यसपछि हुने चुनावमा हामी जित्ने गरी काम गर्नुपर्दछ । काँग्रेसले आफ्नो नेतृत्वको संविधान बनाएको विषयमा आफ्नो नेतृत्वदायी भूमिका स्पष्ट पार्दै मुलुकको सम्बृद्धि विकासमा हामी महत्वपूर्ण पाटो हौं भन्ने गरी जुटेर लाग्नुपर्छ ।

प्रतिपक्षमा तपाईहरुको भूमिका कस्तो हुनेछ ?

सर्वप्रथम त हामीले स्थानीय तहको सरकार धेरै ठाउँमा हाम्रो नेतृत्वमा सञ्चालन छ । प्रदेश र केन्द्रमा हामी प्रतिपक्ष भएपनि स्थानीय सरकारमा हामी रहेका ठाउँहरुमा उदाहरणीय काम गरेर हामीले देखाउनु पर्दछ । जुन विषयमा हामीले अन्य स्थानमा हामीले जितेको ठाउँमा यस्तो सम्बद्ध स्थानीय तह बनायों भन्ने सन्देश दिनु पहिलो आवश्यकता रहेको छ । हामी जित्यौं भने हामी यसरी सरकार चलाउथ्यौं भन्ने सन्देश दिन ठाउँका रुपमा हामीले स्थानीय सरकारबाट काम थालनी गर्नु पर्दछ । हामीले थालनी गरेको कामबाट अन्यले पनि अनुसरण गर्ने वातवरण बनाउने काम गर्नुपर्दछ ।

त्यसपछि प्रदेश सरकारमा हामी प्रतिपक्षको भूमिका रहेका छौं । प्रादेशिक विषयम सातै प्रदेशमा सशक्त शसक्तिशालि प्रतिपक्षको भूमिका हामी रहनुपर्दछ । केन्द्रमा पनि हामी प्रतिपक्षमा रहीरहँदा यसपटक अलि फरक तरिकाले प्रस्तुतु हुनुपर्दछ । हामीले कतै पनि ध्वंसात्मक गतिविधि गर्नुहुँदैन । धेरै प्रतिकारात्मक रुपमा पनि हामी प्रस्तुत हुनुहुन्न । त्यसले हामीलाई टिकाउँछ । काँग्रेले जिम्मेवारीपूर्ण रुपमा आफ्नो कर्तव्य पूरा गरेको छ भन्ने हामले सन्देश दिनु पर्दछ । यसले गर्दा हामी कुनै समयमा मुलुकको अहित हुने गरी हुने निर्णयमा हामीले विरोध गर्दा जनताको साथ पाउने गरी हामी सकारात्मक प्रतिपक्षको रुपमा उभिनुपर्दछ ।

अहिलेको सरकारका गतिविधिलाई कसरी हेरिएको छ ?

यो सरकार नेपालका राजिनीतिक सन्दर्भमा सुविधाजनक अवस्थामा भएको सरकार हो । उहाँहरुको पछिल्लो अंकगणित हेर्दा करिव दुई तीहाईको समर्थनको अवस्था रहनसक्छ । त्यसो हुँदा सातै प्रदेशमा सत्तासिन दलहरु र ५ सयको हाराहारीमा स्थानीय सरकार उहाँहरुसंग नै छ । नेपालमा सबै राजनीतिक जटिलताहरु समाप्त भएको अवस्था छ । अर्को कुरा हाम्रो सरकारको आयु अत्यन्तै छोटो हुने कुराले हामीलाई सधै पिरोल्दै आएको थियो । त्यो पनि अहिले नहुने र ढुक्कले ५ वर्ष सरकार सञ्चालन गर्न पाउने गरी यो सरकार बनेको छ ।

अहिले पनि काम गन नसक्ने र काम नगर्ने हो भने हात उठाए हुन्छ । हाम्रो यो सरकारको लागी सुवेच्छा पनि छ । यसले आफ्नो काम गरेर देखाओस । नेपालीको मान अर्को चरणमा पु¥याओस् । अहिलेको सरकारले गरेको कामभन्दा राम्रो काम गर्ने गरी हामीले योजना बनाउने वातावरण बनाओस् । यो सरकारले कुनै काम गर्न नसक्ने होस् भन्ने हामीले सोचेका पनि छैंनौं र काँग्रेस सधै सहयोगी बनेर जाने वातावरण बनोस् । हामी यही चाहन्छौं ।

अहिलेको प्रधानमन्त्रीबाट देखिएको गतिविधि तथा अहिले सरकारमा गएपछिका केही निर्णयहरु हेर्दा त्यस्तो वातावण हुँदैन की भन्ने चिन्ता छ । उहाँमा मुलुकको सम्बृद्धितर्फको गाम्भिर्यता नभएको महसुस गरिएको छ । उहाँमा दम्भ र घमण्ड पनि उत्तिकै देखिन्छ । मुलुकको यती ठूलो जिम्मेवारी मैले पाएको छु यसलाई जिम्मेवार भएर कार्यान्वयनमा लैजाने र केही गरेर देखाउनेभन्दा पनि हल्कारुपमा प्रस्तुत हुने कुराले उहाँमा गाम्भिर्यताको कमी भएको जस्तो देखिएको छ । अझै पनि उहाँले गर्ने समय भएकाले तत्कालै केही समिक्षा गरिहाल्ने अवस्था छैन । शुभकामना छ । आगामी दिनमा राम्रो काम गर्ने र मुलुकलाई सम्बृद्धितर्फ लैजान सक्नुहोस् ।


प्रकाशित मिति: ११ मंसिर २०७५, मंगलवार १५:३७

प्रतिक्रिया दिनुहोस्