Logo

१४ मंसिर २०८०, बिहीबार

भ्वाइसमा आउनु भन्दा पहिले नै नायिकाको अफर आको हो : सुरेखा


नौलो न्युज


काठमाडौं – आसाममा जन्मिएकी सुरेखा क्षेत्री पछिल्लो समयमा कलाकारिता क्षेत्रमा निकै नै ब्यस्त भएकी छिन् । सुन्दर ग्ल्यामर्सले भरिपूर्ण सुरेखा झट्ट हेर्दा नायिका जस्तो देखिने उनी पेशागतरुपमा गायिका हुन् ।

सानै उमेरदेखि नै गीत संगीतमा रमाउने उनी भर्खरै मात्र भ्वाइस अफ नेपालको टप १६ बाट आउट भएकी हुन् । सालिन, भद्र, मिलनसार स्वभावकी सुरेखा नेपालमा बसी रहँदा घुलमिल हुन सहज भएको बताउँछिन् । संगीत साधक भइसकेपछि भाषाले गायनमा कुनै पनि प्रभाव नपार्ने दाबी गदैं दर्शक साथै आफ्ना फ्यान फलोअर्सलाई गरेको आग्रह हामी प्रस्तुत अन्तरवार्तामा समेट्ने प्रयत्न गरेका छौँ ।

बाल्यकाल, तत्कालिन व्यस्तता साथै भाबी योजनाका बारेमा उनले राखेका विचार जस्ताका तस्तै हामीले प्रस्तुत गरेका छौँ । उनको सांगीतिक यात्राका विषयमा नौलो न्युजको संवाददाता प्रेक्षा लम्सालसँग गरेको कुराकानीको सम्पादित अंश:

आज भोली केमा ब्यस्त हुनुहुन्छ ?

पछिल्लो समयमा म्युजिकको कामहरु मै बिजी भैरहेको छु । आफ्नो गीतहरु गर्दैछु । मेरा कामहरु म्युजिक भित्र नै छन् । भर्खरै मात्र भ्वाइस अफ नेपालको फिनालीे सकिएको छ म फिनालीमा पनि गएकीे थिएँ । त्यसपछि गीतहरु तीन चार वटा गरिसके फेरि भोली पर्सि पनि रेकर्डिङ छ त्यसमै बिजी छु ।

भ्वाइससँगको सहकार्य गरी रहदाँखेरी तपाई टप १६ बाट बाहिरीनु भयो के कारणले बाहिरिए जस्तो लाग्छ ?

त्यस्तो मिस्टेक केही होइन सबै डिजर्भिङ त्यालेन्ट अगाडि पुग्नु भएकोे होे । मसँग सृजे थपलिया हुनुहुन्थ्यो । उहाँसँग नै म आउट भएकीे हुँ । सो त्यसमा भोटको कमी भएर नै म आउट भएँ जस्तो लाग्छ ।तपाईलाई नेपालबाट भोट आएन या आसामबाट आएन किन भोटको कमी भयो होला ?

मलाई सक्दो सपोर्ट गर्नुभएकै हो । नेपालबाट पनि एकदमै राम्रो सपोर्ट पाएकी हुँ र आसामबाट पनि राम्रो थियो । आसामबाट त अझ भोट आउथ्यो होला तर जहाँसम्म मलाई लाग्छ कि यो भ्वाइस अफ नेपाल आसामको च्यानलमा आउँदैन सो त्यो भएर पनि एक दूईवटा भोट कमी भएको हो कि ।

तपाई टप १६ सम्म सहकार्य गर्नु भयो, त्यो यात्रालाई स्मरण गर्दाखेरी अहिल कस्तो लाग्छ ?

त्यो पल एकदमै रमाइलो थियो । धेरै नजानेका कुराहरु मैले सिक्ने मौका पाएँ । हाम्रो कोचहरुसँग धेरै कुरा सिक्ने अवसर पाएँ । कसरी पर्फम गर्ने, मास कसरी तताउने जस्ता थुप्रै कुराहरु पनि सक्न पाएँ । अनि सुरेखालाई कस्तो खालको गीत सुट गर्छ भनेर प्रमोद सर र भानु सरले सोचेर दिनुहुन्थ्यो । सरहरुले धेरै सर्पोट गर्नु भयो सबै भ्वाईसका होल टिमले नै मलाई सपोर्ट गर्नु भएको थियो । सबैलाई मिस गरीरहेकी छु ।

भ्वाइसमा गएर कोबाट अलि नयाँ कुरा सिक्नु भयो ?

भ्वाइसभित्रबाट भन्नु पर्दा त हाम्रो कोचबाट नै त्यो अवसर पाए उहाँले नै मलाई धेरै नयाँ कुरा सिकाउनु भयो ।

तपाई भ्वाइस अफ नेपालमा कसरी प्रवेश गर्नु भयो ,भ्वाइस अफ नेपाल नै किन रोज्नु भयो ?

सबैले मलाई यही प्रश्न गरीरहनु हुन्छ, इन्डियाको सोमा नगएर किन भ्वाइस अफ नेपालमा आउनु भयो भनेर । तर म अहिलेसम्म कुनै पनि रियालिटी सोमा गएको छैन । सो त्यो एकस्पिरियन्स भ्वाइस्मा आएकी हुँ । मैले दुई वर्ष अघि लक्ष्मण दाईलाई चिनेकी थिएँ । सो उहाँहरुले भ्वाइस अफ नेपाल पहिलो चोटी गर्दै हुनुहुन्छ भन्ने मलाई थाह भयो । त्यसपछि इन्डियको सो होइन नेपालको मै ट्राई गरौँ न एकचोटी भनेर आएको हो । पछि ब्लाइन्ड अडिसनबाट सेलेक्ट भएँ अनि यात्रा सुरु भयो । त्यही हो खासै त्यस्तो पलान थिएन ।

तपाई आसामबाट नेपाल आउदाखेरी द भ्वाइस अफ नेपालमा एउटा प्रतियोगिको रुपमा आउछु भन्ने लागेको थियो ?

होइन म काठमाडौं पहिले पनि आइराख्थेँ । गीतहरुको लागि म नेपाल आइरहन्छु तर यसपाली भने म भ्वाइसकै लागि भनेर नेपाल आएकी हुँ ।

भ्वाइस र नेपाल आइडललाई तुलना गर्दा के पाउनु हुन्छ ?

तुलना त हुदै हुदैन नेपाल आइडल अर्कै छ भ्वाइस अर्कै । भ्वाइसको नियम नै फरक छ । सो नेपाल आइडल आफ्नो ठाउमा राम्रो छ भ्वाइस अफ नेपाल आफ्नै ठाउँमा राम्रो छ सो तुलना गर्नै मिल्दैन ।

भारतमा बसेर पनि नेपाली गीत संगीतलाई यति धेरै माया गर्नु पछाडि के छ त्यस्तो राज ?

हामी नेपाली हैे सो नेपाली गीतप्रति एउटा मोह छ । आसाम मै बसेर पनि पहिले देखि नै मैले नेपाली गीतहरुको कभर पनि गरीसकेकीे छु । सो अझै पनि नेपाली गीत गर्ने सोचमा छु ।

सांगीतिक क्षेत्रमा कोबाट प्रेरित हुनुहुन्छ ?

संगीत क्षेत्रको कुरा गर्दाखेरी परिवारको ब्याक सपोर्ट एकदमै राम्रो छ, उहाँहरुकै सपोर्टबाट म यहाँसम्म आएकी हँु ।

राम्री हुनुहन्छ नायिका बन्न मन लाग्दैन ?

नायिका बन्न सबै मिलेको हुनुपर्छ रुप, फिगर देखि लिएर हाइट फाइट सबै हुनु पर्छ । जुन त्यो ममा छैन कि लामो हासो…. भ्वाइस अफ नेपाल आउनु भन्दा पहिले नै नायिकाको अफर त आको हो तर मलाई त्यति एक्टिङमा मोह छैन आफ्नै गीतहरुमा चाहि एक्टिङ गरेको छु । तर मुभीको बारेमा केही सोचेको छैन त्यस्तो पलानिङ छैन ।अन्त्यमा सबै दर्शकहरुलाई के भन्न चाहनुहुनछ ?

फयानहरुलाई एउटा सानो कुरा भन्न चाहन्छु उदाइसकेका गायकहरुले जुनसुकै भाषामा गीत गाउदा पनि वाह वाह हुनु र हामी नव कलाकारिताहरुले कुने अन्य भाषामा गीत गायौँ भने कभर ग¥यौँ भने विवादित हुनुपरेको कुरालाई म आफूलाई चित्त नबुझेको जनाउन चाहन्छु । अशिम र अटुट साधना पश्चात संगीतलाई बुझ्न र तुलना गर्न सकिन्छ । भाषालाई लिएर कलाकारहरुको मूल्यांकन नगरिदिन म सम्पूर्ण दर्शक स्रोतालाई आग्रह गर्न चाहन्छु ।

हजुरहरुले माया, सपोर्ट गरिरहनु भएको छ र त म यहाँ छु । अबका दिनहरुमा पनि यसरी माया र सपोर्ट गरीदिनु होला तपाईहरु बिना यो क्षेत्रमा अगाडि बढ्न एकदमै गाह्रो छ सो सबैलाई जसरी माया र सपोर्ट दिनु भएको छ यसरी नै साथ दिनु होला भन्न चाहन्छु ।


प्रकाशित मिति: ९ पुष २०७५, सोमबार १६:०८

प्रतिक्रिया दिनुहोस्